गुराँसले सिंगारियो घोडेपानी (तस्बिरहरू)
म्याग्दी | चैत १५, २०८१
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ ।
घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । विशेषगरी चैत–बैशाखमा गुराँस फुल्ने भएकाले यतिबेला पर्यटकीय गतिविधिसमेत बढेको छ ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
नेपालमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् भने स्थानीयका अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ ।
अहिले लालीगुराँससँग पिरती साट्न जाने पर्यटकको सँख्या ह्वाट्टै बढेको छ । घोडेपानी म्याग्दी र कास्कीको विरेठाटी हुँदै जान सकिन्छ ।
तस्बिरहरू:-










पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

